भक्तपुरका किसानलाई मखमली र सयपत्री बेच्न चटारो

भक्तपुर, ११ कात्तिक । तिहार आउँदै गर्दा भक्तपुरको गुण्डुका किसानलाई मखमली र सयपत्री टिप्न र बेच्न चटारो छ । गुण्डुमा घरैपिच्छे फुलखेती गरेका किसानले उपत्यकाको ठूलो माग धान्ने गरेका कारण फूल बजार सम्म पुराउन र टिप्न चटारो परेको हो । देशभरि कृषि गर्ने जनशक्तिको अभाव महशुस भइरहेका बेला भक्तपुरको गुण्डुमा भने घरैपिच्छे फूलखेती गरेको पाइन्छ । यहाँ खेतीका लागि पुरानादेखि नयाँ पुस्ता फूल खेति तर्फ आर्कषित भएको पाईन्छ । यतिवेला तिहारको रमझमसँगै भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको गुण्डु पनि झलमल भएको छ । बजारमा भने प्रतिमाला २० रुपयाँ देखि २५ रुपैँयासम्म पर्ने मखमली फूल स्वदेशमा मात्र नभई विदेशमा पनि निर्यात हुने गरेको स्थानीय किसानहरु बताउँछन् । आफुसंग भएको जग्गामा धेरै थोरै जति सकिन्छ फूल लगायत अन्य बाली लगाएर मिहेनत गर्न जागरिला गुण्डुका किसानको लगनले यस ठाउँको सौन्दर्य र आर्थिक क्रियाकलाप दुबैलाई चलायमान बनाउन सकेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति