भूमिहिन सुकुम्बासी र नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्छ : अध्यक्ष प्रचण्ड

चितवन, ११ कार्तिक । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहिन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताएका छन् ।

चितवनको माडी नगरपालिका ९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बॉदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । ‘मैले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उनले भने । सो अवसरमा प्रचण्डले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका बाचा अनुसार काम अगाडी बढाईरहेको बताए ।

‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई विर्सेका छैनौ सोहि बाचाअनुसार काम धमाधम अगाडी बढिरहेको छ । रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदिहरूमा पक्कीपुल, र सडक कालोपत्रेको काम धमाधम भैरहेको छ प्रचण्डले भने सुकुमबासी बस्ति हनुमान झुलामा बिजुलि बत्ति विस्तारका लागि काम भैरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’ एक प्रसंगमा अध्यक्ष प्रचण्डले पुर्वप्रधानमन्त्री ओलीले माडिमा बनाउनका लागि प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताए । नागरिकता वितरण तथा सहजिकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानियलाई घर आगनमै नागरिकता वितरण गर्ने उद्धेश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । माडि नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा नागरिकता बितरण कार्यक्रम भएको छ । ७३ बर्षिय हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष प्रचण्डले कार्यक्रमको उद्धाटन गरेका थिए ।

फूलमायॉ प्रजाले ७२ बर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातवाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएकी थिईन् । अर्की ७४ बर्षिय कृष्णमायॉ घलानले नागरिकता हातमा पाउदा दङग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गरिन् । ७ सन्तानकी हजुरआमाका सातै सन्तानसंग नागरिकता छैन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदैछन् । बादरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ ।

यस वडामा अधिकांशको नागरिकता छैन भने यहॉका वासिन्दाहरूसंग जग्गा धनि प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती यस बस्तिमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र वस्ति विकासको काम हुन सकेको छैन ।कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादिका नेता नारदमणी पौडेल, लगायतकाले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए। सो अवसरमा ७३ बर्षिय हरिमायॉ प्रजा ,७२ बर्षिय फूलमायॉ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति