बैतडी, ११ कात्तिक । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । महाकाली स्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ बर्षीया मीना साउँद रहेकी छन् भने यस्तै बेपत्ता हुनेमा शिवनाथ–१ कै आठ बर्षीय सन्दीप साउँद रहेका छन् । डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकोमा मीनाको शव आज बिहान नदी किनारमा फेला परेको छ भने बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएकाले भारततर्फ आउने जाने पुल नहुँदा त्यहाँका बासिन्दा महाकाली नदीमा डुङ्गाको सहायताले आवतजावत गर्ने गर्दछन् ।
महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु एकजना बेपत्ता
प्रतिक्रिया