एमालेको स्थायी कमिटी बैठक बस्दै , यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, १० कात्तिक ।  नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ। वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल गर्न लागिएको हो।एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ। राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकालगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिए। एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति