बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप सहायता दिने

काठमाडौं, १० कार्तिक । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि आज मङ्गलवार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नका लागि प्रयोग गरिने बताएका टोलो समाचार संस्थाले उल्लेख गरेको छ । तालिबानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेश मन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेट वार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनीतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएका खामा प्रेस न्युज एजेन्सीले लेखेको छ ।

वाङ यीसँग हिजो सोमवार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्त्व दिएको बताएका थिए । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गरेका चिनियाँ सञ्चार संस्था ग्लोबल टाइम्सले लेखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति