पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं, १० कार्तिक । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ । न्युजिल्याण्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे ।

यस्तै शोएब मलिक र आसिफ अलीले अविजित रहँदै समान २७ रन बनाए । अलीले १२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । मलिक र अलीले छैटौं विकेटका लागि अविजित ४८ रनको साझेदारी गरे । न्युजिल्याण्डका इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्यल मिचेलले समान २७ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २५ रन जोडे । पाकिस्तानका हरिस राउफले चार विकेट लिए भने शाहीन साह अफ्रिदी, इमाद वासिम र मोहमद हाफिजले एकरएक विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति