काठमाडौं, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अन्य न्यायाधीशहरुको विवाद चर्किरहेका बेला सर्वोच्चले मंगलबार पनि पेशी तोकेको छ।
सर्वोच्च प्रशासनले मंगलबारका लागि आठवटा एकल र संयुक्त इजलास तोकेको छ। तर सोमबारदेखि नै १४ न्यायाधीशहरुले इजलास बहिष्कार थालेकाले सुनुवाइ भने अनिश्चित भएको छ। सोमबार पनि सर्वोच्च प्रशासनले ७ वटा इजालस तोकेको थियो।तर प्रधानन्यायाधीशविरुद्ध उभिएका कुनै पनि न्यायाधीशहरु सुनुवाइका लागि इजलासमा पसेनन्। बरु जबराविरुद्ध रणनीति बनाउनमै उनीहरु केन्द्रित भए। वरिष्ठ न्यायाधीश दीपक कार्की, हरिकृष्ण कार्की र मीरा खड्कासहितका १४ न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेट गरेका छन् । प्रधानन्यायाधीशलाई भेट्न जानुअघि मंगलबार पनि उनीहरु छलफलमा जुटेका थिए। छलफलपछि उनीहरु जबरालाई भेटेका हुन ।
भेटमा जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए । स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् ।
प्रतिक्रिया