पारस शाहको शुभचिन्तक थिए, भेटघाट पछि झन ठूलो प्रसंशक भए : भरतमणि पौडेल

काठमाडौं, ९ कार्तिक । कमेडि च्याम्पियन २ का बिजेता भरतमणि पौडेल र पुर्व युवराज पारस शाह बिच भेट भएको छ । उनले सामाजिक सञ्जाल मार्फत १ घण्टाको भेटले आफुलाई शाहको शुभचिन्तकबाट झन ठूलो प्रसंशक बनाएको बताएका छन् । भेट गर्न पाउँदा खुशी ब्यक्त गर्दे पौडेलले शाह रमाइलो साथी जस्तै भएको औल्याएका छन् । उनीहरु बिच दरबारमार्गको शेर्पा मलमा भेटघाट भएको हो ।

भरतमणीलाई भने पारस शाहले उनको अभिनयको बिषयमा के भन्छन् भन्ने कौतुहलता थियो । भेटबारे भरतमणीले भने–‘मलाई देख्ने वित्तिकै उहाँ हाँस्नुभयो । हात मिलाउँदै के छ हालखबर भनेर सोध्नुभयो । पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ पारसले भरतमणीले आफ्नो क्यारिकेचर गरेको बिषयमा छोटो प्रतिक्रिया दिए । पारसले भरतमणीको प्रस्तुतिमा रमाइलो प्रतिक्रिया दिदै–‘फन्नी फन्नी । दामी थियो’ भनेका थिए ।

भेटपछि भरतमणीले लेखेका छन्
नमस्ते ! एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , लगभग, घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board