काठमाडौं, ९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बताएका छन् । पूर्वप्रधानन्यायाधीशसहित सर्वोच्च अदालतकै न्यायाधीशहरु आफूबिरुद्ध राजीनामाको मागमा अडिरहेको बेला प्रधानन्यायाधीश जवराले राजीनामा नदिने बरु महाअभियोग फेस गर्ने जनाउ दिएका हुन।
बिबिसी नेपाली सेवासँगको अन्तवार्तामा प्रधानन्यायाधीश जवराले राजीनामा नदिने जनाई आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोग फेस गर्ने प्रष्ट सङ्केत गरेका छन् । ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो, प्रधानन्यायाधीश जवराले भने, कसैको ‘दबाव र प्रभाव’मा पद त्याग गर्दिन । न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।’
प्रधानन्यायाधीश जवराको यो भनाईको अर्थ महाभियोग सामना गर्न तयार देखिएका हुन । ‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,’ बिबिसीसँग प्रधानन्यायाधीश जवराले भने। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका हुन । तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए।
प्रतिक्रिया