काठमाडौं, ९ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी भएको छ ।सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
प्रतिक्रिया