सुडानमा सैन्य (कु) : विरोध प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो

काठमाडौं, ९ कार्तिक । सुडानमा सैन्य (कु) को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ । एक सय ४० जनाभन्दा धेरै घाइते भएका छन् ।केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य (कु) को विश्वभर निन्दा भएको छ । मेरिकाले केही आर्थिक सहयोग समेत रोकेको छ । यसैबीच सुडानमा सेनाले सरकार विघटन गर्दै सङ्कटकालको घोषणा गरेको छ । सेनाले २०२३ को जुलाईमा चुनाव गर्ने पनि घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले भने सेनाको निर्णयविरुद्ध सडकमा आउन आह्वान गरेको छ। सुडानमा शासक ओमार अल–बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरी सङ्क्रमणकालीन सरकार गठन गरेपछि सैनिक र नेताहरूबीच मतभेद थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति