प्रधानन्यायाधीश जबराले सोमबारका लागि बोलाए फुलकोर्ट

काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका छन्। आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिँदै आएका छन्।प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै कानुन व्यवसायीले दबाब बढाएका छन्।

छलफलका क्रममा विवादका सम्पूर्ण विषय राखिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । प्रधानन्यायाधीश जबरासँगको छलफलबाट केही निष्कर्ष ननिस्केपछि बारले फुलकोर्टसँग छलफल तय गरेको छ । अब के गर्नेभन्नेमा भोलि फुलकोर्टसँग छलफल गर्ने भएका छौं । काठमाडौंमा उपलब्ध सर्वोच्च अदालतका न्यायाधीशहरू (फुलकोर्ट) सँग छलफल गर्न चाहन्छौं भनेका छौं । त्यसपछि के गर्ने भन्ने धेरै कुराको तय हुन्छ ।आइतबारको प्रधानन्यायाधीश र बारका पदाधिकारीको भेटमा मंगलबारदेaखि गोलाप्रथाबाट पेसी तोक्ने सहमति भएको जानकारी पनि बस्यालले दिइन् । बारका पदाधिकारीले सोमबार साढे १ बजे फुलकोर्टसँग छलफल गर्ने समय तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति