बागलुङमा एक बालक खोलामा बगेर बेपत्ता

बागलुङ, ७ कात्तिक । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका – ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
शनिबार साँझ ढोरपाटन– ७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन विक साथीसँग खेल्ने क्रममा भुजीखोलाको नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साघुँबाट खसेर बेपत्ता भएका हुन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक बेपत्ता भएपश्चात् खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति