प्रहरी नजरमा ‘फरार’ नेकपा एमालेकी सासद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चापछि प्रहरी ‘अलर्ट’ बनेको छ। आज मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि उनी फरार छिन्। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन्। उनी मोरङबाट समानुपातिक सासद हुन्। ‘उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘उहाँबारे हामी अलर्ट छौँ।’
प्रहरी नजरमा ‘फरार’ सूचीमा रहेकी सांसद मुख्यमन्त्री आचार्यलाई भोट हाल्न आउने
प्रतिक्रिया