एमाले अध्यक्ष ओली गृहजिल्ला प्रस्थान

काठमाडौं, ७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा प्रस्थान गरेका छन । अध्यक्ष ओलीले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा गएका छन ।

पूर्व निर्धारित कार्यक्रम अनुसार ओली आज विहान १० बजे यती एअरलाइन्सको काठमाडौं–भद्रपुर (झापा) को उडानबाट झापा प्रस्थान गरेका छन ।ओलीले आज दिउँसो १ देखि १ः३० सम्म विर्तामोडस्थित सिटी सेन्टरमा झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाईलाई स्वागत गर्दै सम्बोधन गर्नेछन ।

त्यस्तै आजै साँझ मेची क्राउन होटलमा अगुवा कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन ।भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनेछन । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।त्यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि साँझ ५ः३० बजे विराटनगर स्थित होटल हेरिसनमा पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी हुनेछन ।अध्यक्ष ओली ९ गते बिहान यती एअरलाइन्सको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति