काठमाडौं, ६ कार्तिक । नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।८१७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ५१३ लाई संक्रमण पुष्टि, ८ जनाको मृत्यु
प्रतिक्रिया