काठमाडौं, ६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए। ‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ ट्याउँ ।
अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’उनले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताए।
प्रतिक्रिया