चीनले बालबालिकालाई पढाइ, आराम र शारीरिक अभ्यासलाई सन्तुलनमा राख्न नयाँ कानुन पारित

काठमाडौं, ६ कार्तिक । चीनले प्रमुख विषयमा विद्यार्थीलाई गृहकार्य र ट्युसनको बोझ कम गर्न नयाँ शिक्षा कानुन पारित गरेको छ। चीनले बालबालिकालाई पढाइ, आराम र शारीरिक अभ्यासलाई सन्तुलनमा राख्न नयाँ कानुन ल्याएको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शनिबार उल्लेख गरेअनुसार शैक्षिक क्षेत्रमा सुधारको लागि यस वर्ष चीनले केही महत्वपूर्ण योजनाहरु ल्याएको छ।

अहिले पारित गरिएको कानुनअनुसार स्थानीय सरकारले अभिभावकलाई बालबालिकाको पढाइ, आराम र शारीरिक अभ्यासलाई सन्तुलनमा राख्नको लागि नियमन गर्नेछ।यसबाट बालबालिकामा पढाइको दबाब पनि कम हुने र उनीहरुले अत्यधिक इन्टरनेटको प्रयोग पनि नगर्ने चिनियाँ अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। विद्यार्थीहरुलाई गृहकार्य घटाउनुका साथै साताको अन्तिम दुई दिन र बिदाको दिनमा उनीहरुले प्रमुख विषयको ट्युसन पनि पढ्न पाउने छैनन्। यसअघि चीनले इन्टरनेटमा बालबालिकाको लत हटाउन नयाँ कानुन ल्याएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति