अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

मोरङ, ६ कार्तिक । परराष्ट्रमन्त्री नारायण खडकाले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरुसँको कुराकानीमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्‍न गरिरहेको बताए ।
उनले मुलुकमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताए । ‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ, ’ मन्त्री खडकाले भने, ‘अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैत वैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जानुभन्दा अघि नै सत्तारुढ दलबीच प्याकेजमा सहमति गरेर प्रदेश सरकारको नेतृत्वको अन्तिम टुंगो लगाउने मन्त्री खडकाको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति