एमालेमा १० बुँदे सहमति कार्यान्वयनमा विवाद, भीम रावलद्वारा राजीनामा


काठमाडौं, ५ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष दशौं महाधिवेशनमा जिम्मेवार विहिन बनेपछि आक्रोशित बनेका छन् ।आफ्नै पार्टीको सरकार ढाल्न महत्वपूर्ण भूमिकामा रहेका रावललाई ओलीले बदलाको भाव देखाएसँगै रावल झनै आक्रोशति बनेका छन् ।उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् । उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नभइ केन्द्रीय सदस्य मनोनित गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले दश बुँदे सहमती नभएको भन्दै फरक मत राखेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति