एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं, ५ कार्तिक। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बोलाउने निर्णय गरेको हो ।१२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा १० औं महाधिवेशनबारे छलफल हुनेछ ।बिहीबारको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन मंसिर १०(१२ गतेसम्म हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति