बाढीपहिरो अपडेटः हालसम्म १११ जनाको मृत्यु, ३७ जना अझै बेपत्ता


काठमाडौं, ५ कार्तिक । मनसुनपछि अविरल रुपमा परेको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी आज शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी प्रदेश १ मा ६५, बागमतीमा १, गण्डकीमा २, लुम्बिनीमा ४, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ गरी १ सय ११ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी ४२ जना घाइते भएका छन् । घाइतेमध्ये प्रदेश १ का २१, कर्णालीका ४ र सुदूरपश्चिम प्रदेशका १७ जना रहेको गृहले जानकारी दिएको छ ।

हालसम्म ३७ जना बेपत्ता रहेकोमा उनीहरूको खोजी कार्य जारी रहेको गृहले जनाएको छ । प्रदेश १ मा ११ जना, प्रदेश २ मा १ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा २३ जना बेपत्ता छन् ।

बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, एक विद्यालय र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ घर परिवार विस्थापित भएको गृहले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति