यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं, ५ कार्तिक । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको छ ।एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ‘हामी अब अन्तर्राष्ट्रिय उडानमा पनि तयार छौं,’ उनले भने, ‘चार्टर्ड र ननसेड्यूल उडानमा अब यतिले सेवा दिने छ ।’ कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् । यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति