प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागमा सभ्य भाषा प्रयोग गर्न गृह मन्त्री खाणको निर्देशन

काठमाडौं, ५ कार्तिक । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई (तँ) भनेर सम्बोधन नगर्न गृह मन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गृह मन्त्री खाणले जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्। गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी कार्यक्रममा मन्त्रीले सो निर्देशन दिएका थिए। नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृह मन्त्रीबाट निर्देशन भएको जानकारी दिए।‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा सम्मानार्थी शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई तँ भन्न मिल्दैन। सम्मानार्थी शब्द प्रयोग गर्नुपर्छ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कान सहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मान सहितको सेवा सञ्चालन गर्नुपर्ने भन्दै गृह मन्त्री खाणले निर्देशन दिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति