न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २१ लाख ४८ हजार आवेदकको हात खाली


काठमाडौं, ५ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर शुक्रबार बाँडफाँट गरेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो।सर्वसाधारणका लागि निष्काशनमा गरेको सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।

कम्पनीको आइपीओमा पछिल्लो तथ्यांकअनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको थियो।यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४।०९ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरेको हो। जसअनुसार २ लाख ९ हजार २ सय ५० आवेदकले गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाए भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति