बंगलादेशलाई पछि पार्दै स्कटल्यान्ड समूह विजेता

काठमाडौं, ५ कार्तिक । आइसिसी टी–२० विश्वकपअन्तर्गत स्कटल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ। पहिलो चरणको आफ्नो अन्तिम खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्डले सुपर १२ मा स्थान पक्का गरेको हो।स्कटल्यान्ड समूह ‘बी’ विजेता बन्दै सुपर १२ मा पुगेको हो। बंगलादेश भने उपविजेताको रुपमा सुपर १२ म पुगेको छ।

समूहमा स्कटल्यान्डले तीनै खेलमा जित हात पार्दा बंगलादेश दुई खेलमा विजयी भयो। समूह चरणमा स्कटल्यान्डले बंगलादेशलाई हराएको थियो।बिहीबार राति पहिले ब्याटिङ गरेको ओमान १२२ रनमा समेटियो।

ओमानका लागि अक्युब इल्यासले ३७ रन, कप्तान जीसन मक्सुदले ३४ रन र मोहमद नदीमले २५ रनको योगदान गरे। बलिङमा स्कटल्यान्डका जोश डेभीले ३ विकेट लिए।१२३ रनको लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्‍यो।स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले ४१ रन र रिची बेरिङटनले नटआउट ३१ रन जोडे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति