माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकेटेमा

सुकुटे,४ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पनि सुकुटे आएका छन् । दिउँसो करिब ४ बजे पत्नी सिता दाहाल सहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ ।

होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (¥याफ्टीङ) समेत गरेका छन् ।

प्रचण्डसँग माओवादी केन्द्रिय सदस्यहरु कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पुर्व अध्यक्ष दिपशिखा समेत रहेका छन् । यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी विच रिसोर्ट, सुकुटेमा बसेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति