वाग्मतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल


काठमाडौँ, ४ कार्तिक । वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि सत्तारुढ एमालेले नै बैठक ११ कात्तिकका लागि राख्न आग्रह गर्दै बहिष्कार गर्ने भने पनि बैठकमा एमालेसमेत सहभागी भएको छ ।

बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतिको विवरण प्रस्तुत गरिरहेकी छिन् । एमाले विभाजित भएर नेकपा (एकिकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।भदौ २ मा पहिलो ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति