१७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका आरोपी पक्राउ

काठमाडौं, ४ कार्तिक । प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ।हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेपी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी प्युठानका हुन् ।राणासहितको टोलीले २२ पुस २०६१ मा पुतलीसडक स्थित एकता प्रेस छापाखानाका संचालक दोलखाका अर्जुन भन्ने खिमबहादुर शिवाकोटीलाई पार्किङको बिषयमा विवाद हुँदा हेलमेट, फलामको रड र चिया पकाउने भाडो समेत हानेर घाइते बनाएका थिए । शिवाकोटीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।प्रहरीले त्यतीबेला घटनामा संलग्न व्यक्तिहरु खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाईकलमा आएका ब्यक्तिहरु घटनामा संलग्न रहेको खुलेको थियो ।प्रहरीले राणाबिरुद्ध वृत्त सिहदरवारवाट कर्तव्य ज्यानमुद्दामा आवश्यक अनुसन्धान गरिरहेको छ । परिसर प्रमुख एसएसपी अशोक सिंहले घटनामा प्रयोग भएको मोटरसाइकल धनी ईश्वरी राणा र गोरखाका धन बहादुर गुरुङ्गको खोजी भइरहेको बताए । उनका अनुसार यी दुई समेत शिवाकोटी हत्याकाण्डमा संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति