करेन्ट लागेर सप्तरीमा एकै परिवारका चार जना गम्भीर घाइते

सप्तरी, ४ कात्तिक । बिहीबार बिहान सप्तरीमा सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।
आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएपश्चात् होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको थियो । सबै परवार उक्त घटनाबाट गम्भीर घाइते भएका छन् । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति