कहिले पत्रकार त कहिले डिएसपी बताउँदै ठगी गर्ने भट्टराई पक्राउ

काठमाडौँ, ४ कार्तिक । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउँदै ठगी धन्दा चलाएर हिँडेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका निलम भट्टराई रहेका छन् । उनले आफू नेपाल प्रहरीको डिएसपी हो भन्दै बताउने गरेका थिए ।
उनको साथबाट सोही नामको नेपाल प्रहरीको डिएसपीको परिचय–पत्रसमेत बरामद भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ लिएको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलील सुर्खेतबाट पक्राउ गरेको हो ।महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै भट्टराईले ठगी धन्दा गर्दै आएका थिए ।लामो प्रयासपछि भट्टराईलाई महाशाखाले पक्राउ गर्न सफल भएको एसएसपी खापुङले बताए। भट्टराई कालो रंगको गाडीमा हिँड्ने गर्थे । जो कोहीले पनि उनी प्रहरीकै डिएसपी होला भनेर अनुमान गर्थे ।तर, पक्राउ परेपछि उनको सबै कर्तुत बाहिरिएको छ ।

पक्राउ परेका भट्टराईले महाशाखाको टोलीले सुर्खेतबाट काठमाडौं ल्याउँदै छ । महाशाखाका अनुसार भट्टराईलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

पक्राउ परेका भट्टराईले केही दिनअघि समेत कोहलपुर बसपार्कको एक मासु पसलबाट आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम माग गरेका थिए । भट्टराईको समूहले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रहरी र पत्रकार हुँ भन्दै ठगी धन्दा चलाएर हिँड्दै गरेको बताइन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति