विदेशी नागरिकको पनि उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ४ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो र डुबानले समस्यामा परेका विदेशी नागरिकको पनि उद्धार गर्न निर्देशन दिएका छन्।
देशका विभिन्न ठाउँमा अलपत्र परेका विदेशी नागरिकको छिटो उद्धार गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई बिहीबार बिहान निर्देशन दिँदै खाणले विदेशी नागरिकको उद्धार गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।‘नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले भने। वर्षाले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र रहेका जानकारी आइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति