टी–ट्वान्टी विश्व कप स् श्रीलङ्कासँग आयरल्यान्ड ७० रनले पराजित

काठमाडौं, कार्तिक ४ । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ ।

गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश थिकसानाले ३ विकेट लिए ।

लाहिरु कुमारा र चामिका करुनारत्नेले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । यसअघि हिजो भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति