विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका गगन थापा निर्वाचित

काठमाडौं, ३ कातिक । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको उल्लेख गरेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं.४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अहिले तेस्रो पटक सांसद भएका हुन् । थापा पहिलो पटक समानुपातिक प्रणाली मार्फत निर्वाचित भएका थियो भने बाँकी दुई पटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।उनले यसअघि पनि अरु धेरै अन्तर्राष्ट्रिय मंचहरुमा काम गर्दै आएका छन् । उनले दुई बर्ष अगाडि छात्रवृत्ति प्राप्त गरी अमेरिकास्थित हार्वड विश्वविद्यालयमा पनि केही समय अध्ययन गरेका थिए । त्यतिबेला उनीसँगै विभिन्न देशका शीर्ष नेताहरुले समेत अध्ययन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति