१३ मृत्यु, थप ६६२ जनामा कोरोना

काठमाडौं, ३ कात्तिक । आज ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा गरिएकाेमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण देखिएकाे हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु बताइएकाे छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिए । जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति