आजबाट दसैँ विसर्जन

भक्तपुर, ३ कात्तिक । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो) लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति