कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री शाक्य

काठमाडौँ, ३ कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताए ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उनले भने । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गरेको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board