गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ, २ कात्तिक , गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।


आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।


वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति