काठमाडौं, २ कार्तिक । नेदरल्याण्डस्लाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले आईसीसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ।समूह ‘ए’ मा रहेको आयरल्यान्डले सोमबार नेदरल्यान्ड्सलाई हराएको हो।
नेदरल्याण्डस्ले दिएको १ सय ७ रनको सामान्य लक्ष्य आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।आयरल्याण्डको जितमा ग्रेथ डेलानीले ४४ रनको योगदान दिए। ओपनर पाउल स्टर्लिङ ३० रनमा अविजित रहे। कर्टिस क्याम्फर ७ रनमा नटआउट रहे। ओपनर केभिन ओ ब्रायनले ९ र कप्तान एन्डी बालबर्नी ८ रन थपे।
नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए।त्यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भयो। नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले सर्वाधिक ५१ रन जोडे।कप्तान पिटर सिलारले २१ तथा कोलिन एकरमन र भान बिकले समान ११ रन थपे। अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन्।आयरल्यान्डका कर्टिस क्याम्फरले आफ्नो स्पेलमा २६ रन खर्चेर ४ विकेट लिए। मार्क आदिरले ३ विकेट लिए। जोश लिटिलको नाममा १ विकेट रह्यो।पहिलो चरणमा समुह ए र बी बाट शीर्ष २ टोलीले सुपर १२ मा स्थान बनाउनेछन्।
प्रतिक्रिया