एमालेको परिमार्जित विधान तयार (पूर्णपाठ सहित)


काठमाडौ, १ कार्तिक । नेकपा एमालेले विधान महाधिवेशनबाट पारित गरेको विधानलाई पूर्णता दिएको छ ।

२०४९ सालमा बनेका नेकपा एमालेको विधान प्रथम विधान महाधिवेशन २०७८ बाट परिमार्जन भएको छ । विधानमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद नै रहेको छ ।

यसै गरी नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्नेक्रममा जननेता मदन भण्डारीको अगुवाइमा ‘जनताको बहुदलीय जनवाद’ विकसित भएको हो ।

यस नवीनतम् वैज्ञानिक सिद्धान्तले हामीलाई हाम्रा सम्पूर्ण कामहरूमा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गरिरहने छ भन्ने उल्लेख गरिएको छ । पार्टीका आदर्श कार्यान्वयन गर्न तथा पार्टीलाई व्यवस्थित रुपमा सुसञ्चालन गर्न २०७८ असोज १५–१७ मा सम्पन्न प्रथम विधान महाधिवेशनबाट नेकपा (एमाले) को विधान, २०४९ मा आवश्यक संशोधन गरी यो विधान जारी गरिएको जनाईएको छ ।

विधानको पूर्णपाठसहित

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board