१ कार्त्तिक । धान भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि किसान चिन्तित छन् । कृषकहरुले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् ।
यस वर्ष बर्खामा नियमित वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी वर्षाले उत्पादनमा ह्रास आउने देखिन्छ ।




प्रतिक्रिया