३१ असोज, काठमाडौं । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको छ । दशैं बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको हाे ।
कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ । कारोबार समय आधा घण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।
प्रतिक्रिया