गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ३१ असोज ।गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ।आज बिहान ४ बजेर ९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। २०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति