अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ३७ जनाको मृत्यु, ५० घाइते

काठमाडौं, २९ असोज । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा ३७ जनाको ज्यान गएको छ।शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। घटनामा ५० जना घाइते भएको बीबीसीले जनाएको छ।

इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ। अफगानिस्तानमा लगातार दोस्रो शुक्रवार शिया मस्जिदलाई निशाना बनाइएको छ।

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेका छन्। विष्फोटपछि शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीर सार्वजनिक भएका छन्।

विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले आक्रमण गरेको हुन सक्ने आशङ्का गरिएको छ।

गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदमै विस्फोट हुँदा कम्तीमा १०० जना मारिएका थिए।

नमाजका क्रममा शक्तिशाली विस्फोट हुँदा एक सय जना मारिएका थिए।

गत शुक्रबारको विष्फोटका क्रममा मस्जिदमा करिब ३ सय मानिस त्यहाँ थिए। कुन्दुजका उप पुलिस प्रमुख मोहम्मद ओबैदाले मस्जिदमा रहेका धेरै मानिस मारिएको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति