गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, ६ जना घाइते « Nepal Page



गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, ६ जना घाइते


गुल्मी, २९ असोज । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका-३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिनु भएको छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराति नै ज्यान गएको हो ।

दुर्घटनामा परि जीप चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा के.सी. र राजु थापा घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एक जनाको भने गुल्मी अस्पताल तम्घासमा नै उपचार भइरहेको छ ।जीप अनियन्त्रित भइ सडकबाट ५ सय मिटर लत खसेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board