ताइवानको १३ तले भवनमा आगलागी : मृत्यु हुनेको संख्या ४६ पुग्यो, ४१ जना घाइते

ताइपेइ, २८ असोज । ताइवानको दक्षिणी क्षेत्रस्थित एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन् ।
ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे अचानक आगलागी भएको हो । आगलागीका कारण केही तला ध्वस्त भएका छन् ।
अधिकारीहरुका अनुसार घटनास्थलबाट ३२ शव सिधै शवगृहमा लगिएको थियो । साथै ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो । ताइवानमा मृतकको पुष्टि अस्पतालले मात्रै गर्नपाउने प्रावधान छ ।

स्थानीय टेलिभिजनमा आगलागीको भिडियो समेत देखाइएको थियो । जहाँ सुन्तला रंगमा आगो लागिरहेको दृश्य भिडियोमा देखिन्छ । साथै घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको थियो । अधिकारीहरुका अनुसार आगलागी भएको उक्त भवन करिब ४० वर्ष पुरानो हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board