कोरोना उत्पत्ति पत्ता लगाउन डब्ल्यूएचओले बनायो सागोसँग मिलेर नयाँ कार्यदल

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ) ले कोरोना भाइरस उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता लगाउन नयाँ कार्यदल गठन गरेको छ।

डब्लूएचओका अनुसार साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स ९सागो० सँग मिलेर संयुक्त कार्यदल गठन गरिएको हो। जसमा २६ जना विज्ञ राखिएका छन्।

यो नयाँ कार्यदल कोरोना भाइरस उत्पन्नको वास्तविकता पत्ता लगाउने अन्तिम अवसर हुन सक्ने पनि डब्लूएचओलेले जनाएको छ।

सुरुमा २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा कोरोना भाइरस भेटिएको थियो। तर भाइरसको उत्पत्ति त्यहीँ भएको हो वा अन्य स्थानमा तथा कसरी भएको हो भन्ने विषयमा वैज्ञानिक अझै टुंगोमा पुग्न सकेका छैनन्।

डब्लूएचओका अनुसार नवगठित कार्यदलले वुहानको बजारमा गई कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालाबाट ‘लिक’ भएर फैलिएको हो भन्ने कुरा अध्ययन गर्नेछ।

तर प्रयोगशालाबाट भाइरस फैलिएको शंकाप्रति चीनले कडा विरोध गरिरहेको छ।

यसअघि कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न गत फेब्रुअरीमा वुहान पुगेको डब्लूएचओको टोलीले कोरोना मेराबाट मानिसमा सरेको सम्भावना देखिए पनि निष्कर्षमा पुग्न थप अध्ययन आवश्यक रहेको बताएको थियो।

तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चीनको असहयोगका कारण अनुसन्धान राम्रो हुन नपाएको भनेर आरोप लगाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति