काठमाडौं, २७ असोज, । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।
माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा
प्रतिक्रिया