बेलायतले भाइरस नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल

काठमाडौं, २७ असोज । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ ।

महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाले १५ लाख व्यक्तिको ज्यान गएको तथ्यांक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति