प्रधानमन्त्रीद्वारा मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत प्रदान गर्ने घोषणा

काठमाडौं , २७ असोज । मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत प्रदान गर्ने तथा घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको छ ।


मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् साथै दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारद्धारा गरिने भनेर सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् ।

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि प्रधानमन्त्री देउवाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।


मंगलबार मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो । यसैगरी सोमबार कास्कीमा आठ जना र अछाममा चार जनाको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board